चर्चित

काठमाडौँ, २० साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार ठूलो गोलभेँडा (नेपाली)को न्यूनतम मूल्य १ सय ६० रुपैयाँ रहेको छ । यस्तै सानो गोलभेँडा टनेलको न्यूनतम मूल्य १ सय ६ रुपैयाँ कायम भएको छ ।

समितिका अनुसार रातो आलु न्यूनतम् ४८, रातो आलु भारतीय ३६, मुडेको रातो आलु ४० र सेतो आलु न्यूनतम मूल्य ३६ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यसैगरी भारतीय सुकेको प्याज प्रतिकेजी ४८ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १ सय रुपैयाँ छ ।

यसैगरी, ताजा छडी माछा र बचुवा माछा २ सय ४० रुपैयाँ प्रतिकेजी रहेको छ भने मुंगरी माछा २ सय ८० रुपैयाँ र रहु माछा ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय