काठमाडौँ, २२ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा सोमबार बिहान ६ बजेसम्मको अवस्था हेर्दा १ लाख ४३ हजार किलो तरकारी संकलन भएको छ । समितिका अनुसार आज बिहानसम्ममा १८ हजार ३ सय ४५ किलो फलफूलसमेत संकलन भएको छ ।
समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य पनि सार्वजनिक गरेको छ । जसअनुसार ठूलो गोलभेँडा ९नेपाली०को न्यूनतम मूल्य १ सय ५० रुपैयाँ रहेको छ । जबकि हिजो समयको मूल्य १ सय ५० रुपैयाँ रहेको थियो । यस्तै सानो गोलभेँडा टनेलको न्यूनतम मूल्य ९५ रुपैयाँ कायम भएको छ । समितिका अनुसार रातो आलु न्यूनतम् ५०, रातो आलु भारतीय ३५ र मुडेको रातो आलु ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यसैगरी भारतीय सुकेको प्याज प्रतिकेजी ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजोको तुलनामा प्याज प्रतिकिलो २ रुपैयाँले बढेको हो । त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १ सय रुपैयाँ छ । लोकल बन्दा १५ रुपैयाँ, स्थानीय काउली ६०, रातो मूला ४० रुपैयाँ, सेतो मूला लोकल र हाइब्रिड क्रमशस् ३० र ४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा रातो मूला १० रुपैयाँले बढेको हो ।
यस्तै, भान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ३५ रुपैयाँ केजीमा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन २ सय ६० रुपैयाँ, लौका ४० रुपैयाँ र हरियो धनिया १ सय ५० रुपैयाँ रहेको समितले जनाएको छ । यसैगरी, ताजा छडी माछा र बचुवा माछा २ सय ३० रुपैयाँ प्रतिकेजी रहेको छ भने मुंगरी माछा २ सय ८० रुपैयाँ र रहु माछा ३ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।









