चर्चित

काठमाडौँ, २२ साउन । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले कौसी खेती प्रबर्द्धनका लागि चौथो ‘कौसी क्विन–२०८०’को आवेदन खुला गरेको छ । कृषिसँग सम्बन्धित अनलाइन मीडिया हलोखबर डटकमले तीन वर्षदेखि कौसी क्वीन प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

कौसी खेती फोहोर व्यवस्थापनको उत्तम विकल्पमात्रै नभएर हरियाली कौसी, अर्गानिक कौसी खेती र जीवनको उत्तरार्धमा टेकेकाहरुलाई कौसी खेती टाइम पासको राम्रो विकल्प हुनेछ । आयोजक संस्थाका अध्यक्ष मनोज श्रेष्ठका अनुसार विजेताले कौसीमा ग्रीन हाउस उपहार पाउनेछन् । त्यसैगरी, क्यानडामा हुन लागेको कृषि अवार्डमा कौसी खेती विधाबाट सिधै भाग लिइ जान पाउनेछन् ।

यस प्रतियोगितामा भाग लिनका लागि कौसी खेती गर्दै गरेको कम्तीमा दश वटा फोटो र दश मिनेटसम्मको भिडियो पठाउनु पर्नेछ । सामाजिक सञ्जाल र निर्णायकको तर्फबाट ५०–५० प्रतिशत नम्बरका आधारमा उत्कृष्टहरु छनोट हुनेछन् । प्रतियोगितामा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने प्रबन्धक श्रेष्ठले बताए ।

साथै सहभागी भएबापत एक हजार बराबरको कौसी खेतीका सामाग्रीहरू पाउनेछन् । सर्वोत्कृष्ट पुरस्कार अर्थात् कौसी क्वीन हुनेले ३० हजार मूल्यबराबरको कौसीमा ग्रीन हाउस तथा फस्ट रनरअप, सेकेन्ड रनरअप र थर्ड रनरअप हुनेले क्रमशः २०, १५ र १० हजार रुपैँया बराबरको कौसी खेतीमा आवश्यस सामाग्रीहरू पाउनेछन् ।

प्रतियोगी छनोटका लागि हलोखबर डटकमको फेसबुक पेजमा पोस्ट गरिएका आफ्नो फोटोमा प्रतियोगीले धेरैभन्दा धेरै लाइक, कमेन्ट, सेयर र ट्याग गर्ने र गर्न लगाउनुपर्ने हुन्छ । अध्यक्ष श्रेष्ठका अनुसार सामाजिक सञ्जालमा शेयर गर्नुको मुख्य उद्देश्य भनेको धेरैभन्दा धेरैले यो कुराको जानकारी पाऊन् र अरुले पनि सिकून् भन्ने हो । आवदेनका लागि भदौ १५ गतेसम्म सयम तोकिएको छ भने भदौ मसान्तसम्ममा भोटिंग हुनेछ । पुरस्कार वितरण भने असोज तेश्रो साता हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय