चितवन, २२ साउन । फ्लोरिकल्चर एसोसिएसन नेपालको जिल्ला समिति चितवनको अध्यक्षमा तेजेन्द्र सापकोटा निर्विरोध रुपमा चयन भएका छन् ।
पुष्प विकास केन्द्रका प्रमुख सुधीर श्रेष्ठको प्रमुख आतिथ्यमा भरतपुरमा सम्पन्न चौथो साधारण सभा तथा अधिवेशनले सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
एसोसिएसनको उपाध्यक्षमा जीवननाथ उपाध्याय तथा सचिवमा शुलभ श्रेष्ठ चयन भएका छन् । यस्तै कोषाध्यक्षमा रेखा आचार्य र सदस्यहरुमा वुद्धबहादुर गुरुङ, सुकराम तामाङ, सुजता देवकोटा, श्रीमाया न्यौपाने र अनिता गुरुङ चयन भएका छन् । समितिको कार्यकाल दुई वर्षको हुनेछ । एसोसिएसनमा ३० जना नर्सरी तथा कट फ्लावर व्यवसायीहरू छन् ।









