चर्चित

काठमाडौ, २२ साउन । केन्द्रीय दुग्ध सहकारी संघले सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । संघले विज्ञप्ति जारी गर्दै दुग्ध उत्पादक किसानले भोग्नुपरेका समस्या समाधान नगरे आन्दोलन गर्ने घोषणा गरेको हो ।

संघले बजेट तथा नीति कार्यक्रममा कृषि र पशुपालनसँग सम्बन्धित २० वटा कार्यालयहरु खारेजी तथा अन्य निकायमा गाभ्ने सरकारको निर्णय सच्याउन तथा निर्णय फिर्ता लिन माग गरेको छ ।

आफ्ना मागहरू सम्बोधन नभए आउँदो साउन २८ गतेदेखि संघले चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।

१) मिति २०८० श्रावण २८ गते सबै जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउने विहान ११ः३० बजे गर्ने ।
२) मिति २०८० श्रावण ३० गते काठमाडौंको मन्त्री क्वाटर पुल्चोकमा ब्यानर कार्डसहित प्रदर्शनी विहान ९ बजेदेखि गर्ने ।
३) मिति २०८० श्रावण ३१ गते विहान ९ बजे देखि बालुवाटार घेराउ गरी धर्ना बस्ने ।
४) माग पूरा नभएमा मिति २०८० श्रावण ३२ गते पत्रकार सम्मेलन गरी थप आन्दोलनका कायक्रम घोषणा गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय