कपिलवस्तु, २३ साउन । कपिलवस्तुमा १० वटा गाईगोरू मृत अवस्थामा भेटिएका छन् । जिल्लाको जितपुरबाट गोरुसिंगे जाने बाटोमा ५ वटा गाई र ५ वटा गोरू मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रहरीका अनुसार गाडी दुर्घटना भएर गाईगोरुको मृत्यु भएको हो । घटनास्थलमा गाडीका सिसाहरू फुटेको देखिएको छ ।
गाडी दुर्घटना गराउने व्यक्ति र गाडीलाई नियन्त्रणमा लिइएको कपिलवस्तु प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । घटाबारे थप विवरण आउन बाँकी छ । फोटो: विनोद भट्टराई









