चर्चित

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीको लागि नेपाल यङ बायो आन्ट्रप्रेनियर्स (एनवाइबी) २०२३ कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम अन्तर्गत नयाँ कृषि उद्यम गर्न चाहने विद्यार्थीको पाँच समूहलाई १८ लाखका दरले आर्थिक अनुदान दिइने छ । विश्वविद्यालयका कृषि संकायको विभिन्न तहमा अध्ययनरत विद्यार्थीको लागि युएसआडइडीको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन हुन लागेको कृषि संकायका डीन प्रा.डा.अर्जुन कुमार श्रेष्ठले जानकारी दिए ।

एउटा समूहमा विभिन्न तहका विद्यार्थी चारदेखि पाँच जनासम्म हुनुपर्नेछ । विद्यार्थीहरुलाई भदौ ५ गतेसम्म परियोजना पेस गर्ने समय दिईएको छ । डीन प्रा.डा.अर्जुन कुमार श्रेष्ठले यो कार्यक्रमले कृषिका विद्यार्थीलार्य उद्यमी बन्न प्रेरित गर्ने बताए । उनले भने ‘यसले कृषिका विद्यार्थीलाई प्रेरित गर्नेछ । कृषि क्षेत्रमा केही गर्छु भन्ने विद्यार्थीका लागि यो राम्रो अवसर हो ।’ आर्थिक सहयोगसँगै प्राविधिक सहयोग र मेन्टरसीप प्रदान गर्ने डीन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय