रामएकवाल राम, लहान, २४ साउन । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले गाईभैँसीमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सञ्चालन गरेको छ । सखुवानन्कारकट्टीको वडा नम्बर ५ बाट उक्त अभियानको सुरवात गरिएको हो ।
गाउँपालिका अध्यक्ष केदारनाथ यादवका अनुसार पालिकाभित्रका विभिन्न स्थानमा गाई, गोरु र भैँसीमा यो संक्रमण देखिन थालेकाले खोप अभियानकै रुपमा सञ्चालन गरिएको हो । अभियानअन्तर्गत रोगी पशुको निःशुल्क उपचार र निरोगी पशुलाई खोप लगाइने छ ।
लम्पी स्किन संक्रमण भैसकेका गाई गोरुबाट संक्रमण थप फैलिन सकने भएकाले संक्रमण नभएका गाई गोरुलाई अलग राख्न पशु शाखा प्रमुख रामअधीन यादवले किसानलाइ सुझाब दिएका छन् ।









