चर्चित

काठमाडौँ, २५ साउन । कोशी प्रदेशमा १४ हजार ५ सय ६१ मेट्रिक टन सुपारी उत्पादन भएको छ । यो तथ्यांक आर्थिक वर्ष २०७९/८० को हो ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार जिल्लागत रूपमा सबैभन्दा बढी झापामा गत आर्थिक वर्षमा १० हजार ३ सय ७० मेट्रिक टन सुपारी उत्पादन भएको छ । झापामा २ हजार ७ सय ७० हेक्टरमा सुपारी खेती हुँदै आएको छ ।

सुपारी जोनका पूर्वअध्यक्ष निलकण्ठ तिवारीका अनुसार झापाका १५ वटै पालिकामा सुपारी खेती हुँदै आएको छ ।

यस्तै, इलाममा ६ सय १० मेट्रिक टन सुपारी उत्पादन भएको तथ्यांक छ । गत आवमा इलाममा २ सय ९ हेक्टरमा सुपारी खेती भएको थियो ।

सुनसरीमा १ सय ३५ हेक्टरमा सुपारी खेती हुँदा ५ सय २५ मेट्रिक टन सुपारी उत्पादन भएको तथ्यांक छ ।

मोरङमा ९ सय ५ हेक्टरमा सुपारीको खेती हुँदै आएको छ । गत आवमा मोरङमा २ हजार ९ सय ४६ मेट्रिक टन सुपारी उत्पादन भएको थियो ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कअनुसार झापा, मोरङ, सुनसरी, उदयपुर र इलामको कूल ४ हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुँदै आएको छ ।

मन्त्रालयका कृषि विज्ञ अभिमन्यु अधिकारीका अनुसार कोशी प्रदेशको कूल सुपारी उत्पादनमध्ये २ तिहाइभन्दा बढी सुपारी झापामै उत्पादन हुने गरेको छ । त्यही कारण झापालाई सुपारीको राजधानी तथा उर्वरभूमि पनि भन्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय