चर्चित

काठमाडौँ, २७ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार ठूलो गोलभेँडा (नेपाली)को न्यूनतम मूल्य १ सय ३० रुपैयाँ रहेको छ । यस्तै सानो गोलभेँडा टनेलको न्यूनतम मूल्य ७७ रुपैयाँ कायम भएको छ ।

समितिका अनुसार रातो आलु न्यूनतम् ४८, रातो आलु भारतीय ३५ र मुडेको रातो आलु ४० रुपैयाँमा संकलन भइरहेको छ ।

यसैगरी भारतीय सुकेको प्याज प्रतिकेजी ५६ रुपैयाँमा संकलन भइरहेको छ । त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १ सय रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय