काठमाडौँ, २८ साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा लालबहादुर रानाको अध्यक्षतामा ९ सदस्यीय नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (NELTA) को नगर कार्यसमिति गठन गरिएको छ ।
कार्यसमितिको उपाध्यक्षमा श्रीराम राना, सचिवमा प्रकाश जोशी, कोषाध्यक्षमा यमुना धामी तथा सदस्यहरूमा सारङ्गा धामी, सुशीला विष्ट, निर्मला साउँद, करनसिंह ठगुन्ना र नरेन्द्र विक चयन भएका छन् ।
अध्यक्ष रानाले पशु प्राविधिकहरूको हकहितका लागि कार्य गर्ने तथा पशु स्वास्थ्य शिविरका लागि पहललगायतका कार्य गर्ने बताएका छन् ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका जिल्ला सदस्य सन्तोष भट्टले कृष्णपुर र बेलौरी नगरपालिकामा पनि समिति गठन भइसकेको बताए । अन्य पालिकाहरूमा पनि समिति गठन गरिने बताइएको छ ।









