काठमाडौँ, ३१ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज गोलभेँडाको भाउ घटेको छ ।
समितिका अनुसार आज सानो गोलभेँडा टनेलको मूल्य ३ रुपैयाँले घटेर ८२ रुपैयाँ प्रतिकिलो रहेको छ । जबकि हिजो सानो गोलभेँडा टनेलको न्यूनतम मूल्य ८५ रुपैयाँमा संकलन भएको भएको थियो ।
आज ठूलो गोलभेँडा (नेपाली)को न्यूनतम मूल्य १ सय ४० रुपैयाँ रहेको छ ।
समितिका अनुसार रातो आलु न्यूनतम् ५०, रातो आलु भारतीय ३५ र मुडेको रातो आलु ४२ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यसैगरी भारतीय सुकेको प्याज प्रतिकेजी ५८ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ९० रुपैयाँ छ ।
लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ५०, रातो मूला ५० रुपैयाँ, सेतो मूला हाइब्रिड ७० रुपैयाँमा संकलन भएको छ ।









