चर्चित

डोटी, ३१ साउन । कोदोबाली स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिन्छ । तर पछिल्लोे समय डोटीमा कोदोबाली लोप हुँदै गएको छ ।

पछिल्लो समय किसानहरू तरकारी खेती गर्न थालेपछि कोदोखेती लोप हुँदै गएको हो । कोदो खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ ।

व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमि हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्न बालीका रूपमा स्थापित कोदोखेती लोप हुने अवस्थामा पुगेको हो । यसका साथै कोदोको महत्वका बारेमा थाहा नहुनु पनि अर्को कारण रहेको छ ।

एक दशकअघि डोटीको दक्षिण भेगमा रहेका साविकका मन्नकापडी, बर्छैन, घागल, लानकोदारेश्वर, सिमचौर, कानाचौर, केदारअखडा र चवार चौतारा गाविस हाल बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिकालगायतका ठाउँका किसानको मुख्य खाद्यान्न बाली कोदो थियो । अहिले कोदोखेती पूरै विस्थापित हुने अवस्थामा पुगेको किसान बताउँछन् ।

गाउँमा कोदो फल्ने जमिन बढ्दो सहरीकरणको प्रभावले बाँझिन थालेका छन् । ग्रामीण भेगका मानिस सहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमिन अहिले बाँझिँदै गएका हुन् । कम मेहनतमा उत्पादन बढी हुने र पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि बढ्दो सहरीकरणको प्रभावले गर्दा कोदोखेती लोप हुने अवस्थामा पुगेको बडीकेदार–५ थानकोटका उपेन्द्र धामीले बताए ।

डोटीमा २० देखि ३० प्रतिशत कोदोखेतीयोग्य जमिन भए पनि पछिल्लो समय ५ प्रतिशतले मात्र कोदोखेती गरिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय