काठमाडौँ, ३२ साउन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज टनेलको गोलभेँडाको भाउ घटेको छ ।
समितिका अनुसार आज सानो गोलभेँडा टनेलको मूल्य ७ रुपैयाँले घटेर न्यूनतम ७५ रुपैयाँमा संकलन भएको छ ।
हिजो यही गोलभेँडा ३ रुपैयाँले घटेर ८२ रुपैयाँ प्रतिकिलोमा संकलन भएको थियो ।
यस्तै, आज ठूलो गोलभेँडा (नेपाली)को न्यूनतम मूल्य १ सय ३० रुपैयाँ रहेको छ । हिजोभन्दा ठूलो गोलभेँडा (नेपाली)को मूल्य १० रुपैयाँले घटेको हो ।
समितिका अनुसार रातो आलु न्यूनतम् ५०, रातो आलु भारतीय ३६ र मुडेको रातो आलु ४२ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यसैगरी भारतीय सुकेको प्याज प्रतिकेजी ५८ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १ सय १० रुपैयाँ छ ।
लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ७०, रातो मूला ४० रुपैयाँ र सेतो मूला हाइब्रिड ६० रुपैयाँमा संकलन भएको छ ।









