काठमाडौँ, १ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज टनेलको गोलभेँडाको भाउ न्यूनतम् प्रतिकिलो ७५ रुपैयाँ रहेको छ ।
समितिका अनुसार आज आज ठूलो गोलभेँडा (नेपाली)को न्यूनतम मूल्य १ सय ३० रुपैयाँ रहेको छ ।
समितिका अनुसार रातो आलु न्यूनतम् ५०, रातो आलु भारतीय ३५ र मुडेको रातो आलु ४४ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यसैगरी भारतीय सुकेको प्याज प्रतिकेजी ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १ सय १० रुपैयाँ छ ।
लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली १००, रातो मूला ७० रुपैयाँ र सेतो मूला हाइब्रिड ७० रुपैयाँमा संकलन भएको छ ।









