
हरेक शनिबार दरबारमार्गको ओरियन्ट क्याफेमा संचालनमा आईरहेको रैथाने कृषि हाटबजारमा रैथाने र स्थानिय उपजहरु किन्न तथा अवलोकन गर्न आँउने संख्या बढिरहेको आयोजकले बताएको छ । हाटबजारमा विभिन्न हिमाली जिल्लाका उत्पादनदेखी पहाडी जिल्ला र तरार्यका समेत विभिन्न स्थानिय उपजहरुका विक्रि स्टलहरु रहेका छन् । रैथाने गेडागुडी, जडीबुटी, मौसमी अर्गानिक फलफूल तथा तरकारी, सीपमा आधारित हस्तकलाका सामग्री, बीउ बिजन पनि किसानले हाटबजारमा मज्जाले सजिएको देख्न पाइन्छ ।
यतिबेला रैथाने कृषि हाटबजारमा रैथाने कृषि प्रवर्द्धनका लागी नीति संवाद कार्यक्रम समेत सम्मपन्न गरिएको छ ।आजको कार्यक्रममा पाँचखाल नगरपालिका नगर प्रमुख महेश खरेल, बागमती प्रदेश साँसद प्रेम महर्जन, बागमती प्रदेशकि उपसभामुख अप्सरा चापागाईं, संघीय संसद मान वीर राई , पोषण विद डा. अरुणा उप्रेती, कृषि विज्ञ डा.एमुना घले, राष्ट्रिय कृषि आनुवांशिक श्रोत केन्द्रका प्रमुख डा. बालकृष्ण जोशी, रैथाने बाली प्रसारकर्ता डा. देवेन्द्र गौचन, नीति विश्लेषक डा. विष्णु उप्रेती, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. चन्द्र कान्त पौडेल, ंसामाजिक अभियन्ता शारदा रमन नेपाल , खाधका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी, राष्ट्रिय किसान आयोगकि सदस्य जिवन्ती पौडेल, राष्ट्रिय किसान आयोगकै सदस्य टेक बहादुर बोगटी, पर्यटन विज्ञ कृष्ण अर्याल लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
सहर र गाउँघरबाटै लोप हुन लागेका सामाग्रीहरूसमेत प्रदर्शनीमा राखिएको ढकालले बताए। मोही पार्ने ठेकी, पुराना बत्ती, शंख, डाला र नाङ्ला जस्ता सामाग्री प्रदर्शनीमा राख्ने गरिएको छ । यस हाटबजारमा रैथाने तथा स्थानीय खाद्यान्न, अन्न गेडागुडी, जडीबुट्टी, मौसमी फलफूल र तरकारी पाइन्छ। हस्तकलाका सामग्री, परम्परागत कृषि औजार, रैथाने बिउ बिजन, बिरूवा, फूल र प्राङगारिक मल, नेपाली मौलिक परिकार, दुग्धजन्य उत्पादन, मासुजन्य थोक र बेकरी, कफी तथा चिया उपलब्ध हुन्छ। घरको आँगनदेखि जंगलमा पाइने वस्तुहरू बिक्रीका लागि राख्ने गरिन्छ । उत्पादक किसान उपभोक्ताबीच सिधा सम्पर्क हुने संगमस्थलको रुपमा समेत यो रैथाने हाटबजार स्थापित बन्दै गरेको समेत आयोजकले बताएको छ ।