चर्चित

गोरखा, ३ भदौ । उत्तरी गोरखाको धार्चे गाउँपालिका ५ गुम्दामा एकता युवा क्लवको आयोजनामा शनिबारदेखि आलु मेला सुरु भएको छ ।

उत्पादित आलुको बजार व्यवस्थापनसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले मेला सुरु भएको हो ।

क्लबका उपाध्यक्ष मितिराज गुरुङका अनुसार केही वर्षदेखि मेला आयोजना हुँदै आएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले एक कार्यक्रमका बीच मेलाको उद्घाटन गरेका छन् ।

भदौ ५ गतेसम्म चल्ने मेलामा आलुसँगै आलुका विभिन्न परिकारहरु बेच्न राखिएको छ । मेलामा पुरुष र महिला भलिबल, लोक नृत्य प्रतियोगिता, मूर्ति नाँच, सटपुट, तीर हान्ने, हाँडी फुटाईलगायतका प्रतियोगिता राखिएको छ । विजेताहरुलाई नगदसहित आलु पुरस्कार दिइने आयोजकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय