चर्चित

बागमती, ३ भदौ । बागमती प्रदेशमा ४० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइएको प्रदेश सरकारको पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार खोप अभियानअन्तर्गत चितवन जिल्लामा ९ हजार २५, दोलखामा दुई सय ८४, भक्तपुरमा नौ सय २१, ललितपुरमा एक हजार चार सय ३७, मकवानपुरमा पाँच हजार नौ सय ५६ र धादिङमा तीन हजार पाँच सय १० पशुमा लम्पी स्कीनविरुद्धको खोप लगाइएको छ ।

सिन्धुलीमा दुई हजार चार सय ९०, रामेछापमा एक हजार नौ सय ४२, सिन्धुपाल्चोकमा एक हजार आठ सय ९९, काभ्रेपलाञ्चोकमा छ हजार ७७, नुवाकोटमा तीन हजार तीन सय ७७, तथा रसुवामा एक हजार एक सय ८८ पशुचौपायामा अर्थात गोरु तथा बाच्छावाच्छीमा लम्पी स्कीनविरुद्धको खोप लगाइएको हो ।

प्रदेशमा एक वर्षमा लम्पी स्कीबाट छ हजार दुई सय ९१ गाईगोरु तथा बाच्छाबाच्छी मरेका छन् भने एक लाख १० हजार चार सय ४० गाई गोरु तथा बाच्छाबाच्छी सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय