चर्चित

नेपालमा विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा छुट्टै पहिचान बनाउन खोजिरहेको माटो ब्राण्डले आफ्नो सातौँ विक्रि कक्ष अर्थात स्टल बूढानिलकण्ठको देउवाचोकमा संचालनमा ल्याएको छ । भर्खरै सुरू भएको नयाँ विक्रि कक्षसँगै माटो ब्राण्डका विक्रि कक्ष सात ओटा पुगेका छन् । विक्रि कक्ष उद्घाटन बूढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले गरेका हुन् ।

माटो ब्राण्डको बारेमा जानकारी गराँउदै माटोका अध्यक्ष पवन कुमार गोल्यानले माटोको लागि नेपाली शब्दबाट नामाकरण गरिएको हाम्रो ब्राण्ड माटोले आत्मनिर्भरता, समर्पण र अर्गानिक रूपमा उत्पादन हुने स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई जनाउँने कु्रा जानकारी गराए । नेपाललाई आत्मनिर्भरतातर्फ अग्रसर गराउन स्थापना भएको माटो किसानका लागि सशक्तिकरणको प्रतीकका साथै प्रिमियम, अर्गानिक रूपमा उत्पादन हुने उत्पादनको स्रोतको रूपमा विकसित भएको ‘मेत गोल्यानले बताएका छन् । किसानका भोगाइ र संघर्षको जिवन्त अवलोकन पछि किसान र उपभोक्ताबिच प्रत्यक्ष कारोबार स्थापना गर्न माटोको स्थापना गर्दै किसानलाई आफ्नो उत्पादनको उचित मूल्य दिन समेत यस क्षेत्रमा आँफुहरु लागेको बताए ।

उद्घाटनको अवसरमा ग्राहकलाई विशेष छुट समेत दिइएको थियो ।
माटोका विक्रि कक्षहरूमा आशापुरी अर्गानिक फार्मका सबै उत्पादनहरू पनि खरिद गर्न सकिन्छ । आशापुरी विगत दुई दशकदेखि प्रांगारिक उत्पादनमा छुट्टै पहिचान बनाएको ब्राण्ड हो । हाल बूढानीलकण्ठसँगै बानेश्वर, नक्साल, नारायणथान, गोल्फुटार तथा ललितपुरको झम्सिखेल र सानेपामा माटोका स्टोरहरू सञ्चालन भइरहेका छन् । माटोले अनलाइन अर्डर अनुसार होम डेलिभरी सेवा पनि दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय