काठमाडौँ, ११ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार आज प्याजको मूल्य स्थिर रहेको छ । आज पनि प्याको भाउ न घटेको छ न बढेको छ । शुक्रबार न्यूनतम् ७५ रुपैयाँमा संकलन भएको प्याज शनिबार २ रुपैयाँले घटेर प्रतिकिलो न्यूनतम् ७३ रुपैयाँमा संकलन भएको थियो ।
त्यसपछि प्याजको मूल्य स्थिर रहेको समितिले जनाएको छ । आज बिहान प्याज न्यूनतम् ७३ रुपैयाँ प्रतिकिलोमा संकलन भएको छ ।
यस्तै आज टनेलको गोलभेँडाको भाउ न्यूनतम् प्रतिकिलो ६० रुपैयाँ रहेको छ ।
समितिका अनुसार आज ठूलो गोलभेँडा (नेपाली)को न्यूनतम मूल्य ७० रुपैयाँ रहेको छ ।
रातो आलु न्यूनतम् ५५, रातो आलु भारतीय ३५ र मुडेको रातो आलु ४६ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।









