चर्चित

काठमाडौँ, ११ भदौ । परसंस्कृतिकरण लगायतको कारण हाम्रा विभिन्न रैथाने कृषि बालीहरु लोप हुँदै गर्दा हरेक हप्ताको शनिबार दरबारमार्गको ओरियन्ट क्याफेमा रैथाने कृषि हाटबजार संचालन भईरहेको छ । संचालनमा आईरहेको रैथाने कृषि हाटबजारमा रैथाने र स्थानिय उपजहरु किन्न तथा अवलोकन गर्न आँउनेहरुको संख्या बढिरहेको छ ।

मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा उत्पादित रैथाने कृषि सामग्रीहरु समेत हाट बजारमा मज्जाले सजिएको छ । मकवानपुरगढीमा उत्पादन भएका रैथाने कृषि बालि तथा स्थानिय स्तरमा उत्पादन भएको बास, बेद, निगालो जस्ता सामग्रीहरुबाट बनेका हस्तकला सामग्रीहरुको शनिवार काठमाडौंको दरबारमार्गमा हाट बजार राख्दै गरेका पालिका अध्यक्ष दोर्जे लामा स्याङ्गतान पनि यहिँ भेटिएका थिए । भर्खरै मात्र बजारीकरण भएको कालीखोला कोदोको पिठोले विशेष आकर्षणमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय