चर्चित

काठमाडौँ, १२ भदौ । राष्ट्रिय विकास समस्या समाधान समितिले लम्पी स्किन रोकबाट किसानलाई परेको असरको आकलन र त्यसको क्षतिपूर्तिका लागि तत्काल कार्यविधि बनाउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको एनडेकको ५१ औँ बैठकले तत्काल यस्तो कार्यविधि बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

विभिन्न पूर्वाधार आयोजनामा प्रभावकारी समन्वय हुन नसक्दा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्न एनडेकले निर्देशन दिएको छ ।

त्यस्तै, जग्गाको खण्डीकरण रोक्नका लागि अपनाउनुपर्ने उपायबारे सुझाव दिन आयोगमा भूमि व्यवस्थापनसम्बन्धी क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्को कार्यदल गठन गरिएको छ । यो कार्यदललाई तीन महिनाभित्र प्रतिवेदन बुझाइसक्न भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय