चर्चित

काठमाडौँ, १३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार आज पनि प्याजको मूल्य यथावत् छ । शुक्रबार न्यूनतम् ७५ रुपैयाँमा संकलन भएको प्याज शनिबार २ रुपैयाँले घटेर प्रतिकिलो न्यूनतम् ७३ रुपैयाँमा संकलन भएको थियो ।

त्यसपछि प्याजको मूल्य १ रुपैयाँले घटेको थियो । आज बिहान भने प्याज न्यूनतम् ७२ रुपैयाँ प्रतिकिलोमा संकलन भएको छ ।

यस्तै आज टनेलको गोलभेँडाको भाउ न्यूनतम् प्रतिकिलो ७५ रुपैयाँ रहेको छ ।

समितिका अनुसार आज ठूलो गोलभेँडा (नेपाली)को न्यूनतम मूल्य ७० रुपैयाँ रहेको छ ।

रातो आलु न्यूनतम् ५५, रातो आलु भारतीय ३५ र मुडेको रातो आलु ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय