चर्चित

धनगढी । सुदूरपश्चिममा लम्पी स्किनका सक्रिय पशु संक्रमितको संख्या करिब ९ हजार नजिक पुगेको छ । हजारौँको संख्यामा पशुहरु मरेका छन् ।

अहिलेसम्म ३ लाख २५ हजार ७ सय ९९ गाई–भैँसी संक्रमित भएका छन् । ८ हजार ७ सय ८१ सक्रिय संक्रमित रहेको, २ लाख ९३ हजार २ सय १९ निको भएको तथा २२ हजार ७ सय ९९ गाई–भैँसी परेको पशु सेवा विभागको तथ्यांक छ । अहिलेसम्म ३ हजार पशुहरुमा मात्र खोप लगाइएको छ ।

आवश्यक जनशक्ति, बजेट र खोपको व्यवस्था पर्याप्त नहुँदा रोग प्रदेशका नौवटै जिल्लामा फैलिसकेको छ ।

प्रदेशका ८८ पालिकाभित्रै रोग फैलिएको भए पनि पर्याप्त मात्रामा खोप नहुँदा उपचार गर्न कठिनाई भइरहेको पशुचिकित्सकहरूले बताएका छन् । प्रदेशका सबै स्थानीय तहमा दरबन्दीअनुसार पशु चिकित्सक (भेटेरिनरी डाक्टर) छैनन् । यस्तो अवस्थामा गाई–भैँसीमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारलाई कठिनाइ उत्पन्न भइरहेको छ ।

हरेक जिल्लामा ५ देखि ९ लाख बजेट विनियोजन गरी २५ साउनदेखि ३१ सम्म खोप लगाउने कार्यक्रम राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय