चर्चित

काठमाडौँ– काठमाडौँ महानगरपालिका क्षेत्रभित्र आज सार्वजनिक बिदा दिइएको छ ।

महानगरपालिकाका अनुसार आज सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको हो ।

सापारु र रोपाइ जात्राको परम्परालाई निरन्तरता दिँदै र त्यसको महत्त्वको प्रचारप्रसार गर्नका लागि महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिएको बताइएको छ ।

नेवार समुदायले काठमाडौँमा बिहीबार नै गाईजात्रा मनाए पनि आज रोपाइ जात्रा मनाउने भएपछि महानगरपालिकाले सो निर्णय गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय