हरेक हप्ताको शनिबार दरबारमार्गको ओरीयन्ट क्याफेमा संचालित हाट बजारमा मोही पारेको भिडियो खिच्न र खिचाँउन आउनेको लस्करै लाग्न थालेको देखिन्छ । रैथाने हाटबजारमा मोही सेवन अत्यन्तै आकर्षणको केन्द्र बनिरहेको छ, रैथाने बजार संचालनमा भएकै ताका राखिएको एउटा भिडियो बिसौँ लाखले हेरेका थिए जसको कारण पनि रैथाने यस हाट बजारमा मोही मात्रै पनि सेवन गर्नेहरु प्रशस्तै भेटिन थालेका छन् ।
सुरुवातदेखी आयोजकले नै मोहीको लागि आवश्यक कच्चा पदार्थ अर्थात दही उपलब्ध गराएको थियो भने विगतको हप्तादेखी नेपाल डेरी एसोसिएशनले आगामी २ बर्षसम्म यो रैथाने हाटबजारमा निशुल्क मोही उपलब्ध गराउने सम्झौता समेत सम्पन्न गरेको थियो । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले मही अभियान धेरै वर्ष अघिदेखि शुरु गरेको र आज यस रैथाने हाट बजारमा प्रत्यक्ष मोही बनाएर पिलाउँन पाउँदा ज्यादै खुशी लागेको तथा यसरी संस्कृति र परम्परा जोगानका लागि नेपाल डेरी एसोसिएसन संधै अग्रणी स्थानमा रहने कुरा बताएका समेत थिए र एसोसिएसनले सोही अनुसार नै आवश्यक दही उपलब्ध गराईरहेको छ ।









