चर्चित

विशेष गरी माटोमुनि रहेको गानो तरकारीको रुपमा प्रयोग गरिने भए पनि यसको डाँठ र पात पनि तरकारीको रुपमा खाने गरिन्छ । पौष्टिक र औषधीय हिसाबले महत्वपूर्ण रहेको ओेलमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, फलाम र थायमिनलगायतका अन्य खनिज तत्वहरु पाइन्छ ।

तराईको थारु समुदायमा घरको वरिपरि परम्परागत रुपमा वर्षौदेखि लगाउँदै आइरहेको ओल अहिले कतैकतै व्यावसायिक रुपमा खेती हुन थालेको छ । यो थारु समुदायको एक विशेष तरकारी हो र थारु समुदायले मनाउने जितिया पावैनमा ओठघन (दर) खाने बेलामा अनिवार्य ओल तरकारी हुनुपर्दछ ।

ओलको गानो र पातमा हुने क्यालसियम अक्जालेट तत्वले गर्दा हल्का कोक्याउने भएपनि तरिका मिलाएर पकाइयो भने कोक्याउदैन र बहुत स्वादिलो हुन्छ ।

ओल तरकारीको अलावा विभिन्न परिकारहरु ओलको अचार, चटनी, पकौडा, ओलको डाँठ, पात र माछा कुटेर बनाएको सिधरा, बनाएर खाने चलन रहेको छ ।

ओल बालीमा रोगकिराको समस्या पनि खासै नदेखिने र यसमा विषादीको प्रयोग नगर्ने भएकोले पूर्ण प्रांगारिक तरकारी रुपमा व्यावसायिक उत्पादन गर्न सकिने सम्भावना रहेको देखिन्छ ।

चन्द्रकान्त चौधरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय