चर्चित

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले सिंहदरबारस्थित मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाईभैँसीमा महामारीका रुपमा देखिएको लम्पी स्किन रोग नियन्त्रणमा आउँदै गरेको बताएका छन्। पछिल्ला दिनमा रोगको संकेरमण घट्ने क्रममा रहेको मन्त्री भुसालले बताएका छन् ।

रोगबाट क्षति बेहोरेका किसानलई राहत उपलब्ध गराउन सरकारले मापदण्ड तयार गरी सहमतिका लागि अर्थ र गृह मन्त्रालयमा पठाइएको भुसाको भनाइ छ । मन्त्री भुसालका अनुसार सरकारले रोग नियन्त्रणका लागि जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरी लगाउने व्यवस्था गरिएको बताएका छन् ।

अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएकामा ९ लाख १९ हजार ४ सय १६ पशुलाई खोप लगाइ सकिएको छ। हाल १५ लाख १९ हजार ७ सय ७९ मध्ये १३ लाख ९३ हजार ५ सय ९५ निको भएको तथ्याङ्क छ । मन्त्रालयका अनुसार, अहिले ७३ हजार ६ सय ३६ पशु बिरामी अवस्थामा रहेका छन्। महामारीका रुपमा रहेको लम्पी स्किनबाट ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय