काठमाडौँ, १८ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार आज बिहान सुकेको प्याज न्यूनतम् ७३ रुपैयाँ प्रतिकिलोमा संकलन भएको छ ।
यस्तै आज टनेलको गोलभेँडाको भाउ न्यूनतम् प्रतिकिलो ५० रुपैयाँमा संकलन भएको छ । जबकि हिजो यही गोलभेँडा ६५ रुपैयाँ प्रतिकिलोमा संकलन भएको थियो ।
समितिका अनुसार आज ठूलो गोलभेँडा (नेपाली)को न्यूनतम मूल्य ६० रुपैयाँ रहेको छ । हिजो ७० मा संकलन भएको ठूलो गोलभेँडा (नेपाली)को मूल्य आज किलोमा १० रुपैयाँले घटेको हो ।
रातो आलु न्यूनतम् ५५, रातो आलु भारतीय ३५ र मुडेको रातो आलु ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
आज लोकल गाजर १ सय ३० रुपैयाँ प्रतिकिलो पुगेको छ ।









