कञ्चनपुर । कञ्चनपुरको बेलौरी वडा नम्बर ७ सिंहपुर टोलमा जनतासँग वन, प्रहरी र स्थानीय तह कार्यक्रम गरिएको छ । वन वातावरण, सामाजिक सुरक्षा, ट्राफिक नियमको पालना, बालविवाह न्यूनीकरण, दाइजो प्रथा जस्ता कार्यहरूको रोकथाम र लागूऔषध नियन्त्रणलगायतका समसामयिक विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको हो ।
कुण्डा सब डिभिजन बन कार्यालयका वन अधिकृत दिनेशकुमार यादवसहितका कर्मचारी, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरीप्रसाद जैसी सहितका प्रहरी कर्मचारी, वडा अध्यक्ष प्रकाश श्रेष्ठ, वडा सदस्य कमानसिंह चौधरी, समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थीलगायत स्थानीय जनताको उपस्थितिमा कार्यक्रम गरिएको हो ।









