चर्चित

कञ्चनपुर– कञ्चनपुरमा अवैध रुपमा भारतबाट ल्याएका कुखुराका चल्ला बरामद गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका ६ भुराकोटबाट अवैध रुपमा भारतबाट ल्याएका अन्दाजी ५० हजार मूल्य बराबरको ५०० वटा कुखुराका चल्लाहरू आइतबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको बताएको छ ।

बरामद गरिएका चल्लाहरू आवश्यक प्रकृया पुरा गरी नष्ट गरिएको बेलौरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय