काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै आधा दर्जन सह–सचिवहरूको सरुवा गरेको छ । मन्त्रालय स्रोतका अनुसार नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका प्रमुख उमेश दाहाललाई पशु सेवा विभागको महानिर्देशकमा तानिएको छ ।
यसअघि विभागकी महानिर्देशक रहेकी सम्झनाकुमारी काफ्लेको राष्ट्रिय किसान आयोगमा सरुवा भएको छ ।
लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको कार्यक्रम निर्देशकमा डा. रामनन्दन तिवारी आउने भएका छन् । सेन्टर ल्यावमा बरुणकुमार शर्मा, सुआहाराबाट सूर्य पौड्याललाई मन्त्रालय तानिएको छ । राष्ट्रिय खोप उत्पादन प्रयोगशालाबाट पशु जैविक औषधी संस्थानमा टंक पौड्यालको सरुवा गरिएको छ ।









