काठमाडौँ । सरकारले वन सचिव र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुतर्फका सचिवको सरुवा गरेको छ । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुतर्फका सचिव डा. दीपककुमार खराललाई वन मन्त्रालयमा सरुवा गरेको हो ।
मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार वन सचिव डा. रेवतीरमण पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय (पशुपन्छी तर्फ)मा सरुवा गरिएको छ ।









