काठमाडौँ, २५ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार आज बिहान सानो गोलभेंडा टनेलको भाउ ४७ रुपैयाँ प्रतिकिलोमा संकलन भएको छ । जबकि हिजो यही गोलभेंडा ४० रुपैयाँ प्रतिकिलोमा संकलन भएको थियो ।
यस्तै आज सुकेको प्याज न्यूनतम् ६७ रुपैयाँ प्रतिकिलोमा संकलन भएको छ ।
समितिका अनुसार आज ठूलो गोलभेँडा (नेपाली)को न्यूनतम मूल्य ४० रुपैयाँ रहेको छ ।
रातो आलु न्यूनतम् ५८, रातो आलु भारतीय ३५ र मुडेको रातो आलु ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
आज लोकल गाजर १ सय ४० रुपैयाँ प्रतिकिलो पुगेको छ ।









