सरकारले मुलुकमा उत्पादन बढाउनका लागि मिसन कार्यक्रम सञ्चालन गर्न लागेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत ती कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
स्थानीय उत्पादनले माग धान्न नसकेपछि ठूलो परिमाणमा खाद्यान्न, तरकारी आयात हुन थालेपछि त्यसलाई प्याज, आलु, मकै, भटमास, बाख्रा, भैंसीपालन मिसनको मिसन कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि कृषिमा केही नयाँ कार्यक्रम सञ्चालन गर्न लागेको हो । यसका लागि छलफल भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका सचिव डा।. योगेन्द्रकुमार कार्कीले उत्पादन बढाउनका लागि आउँदो वर्ष प्याज, आलु, मकै, भटमास, बाख्रा–भैंसीपालनलगायत समेटेर मिसन कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।
मुलुक आत्मनिर्भर हुने गरी उत्पादन बढाउने अन्य कार्यक्रम पनि सञ्चालन गर्न लागेको उनले जानकारी दिए ।
यस वर्ष पनि प्याज र धानको मिसन कार्यक्रम सञ्चालन गरिएको थियो । ती कार्यक्रम त्यति प्रभावकारी नभएपछि मन्त्रालयले खाद्यान्नलगायत तरकारी बालीमा मिसन कार्यक्रम सञ्चालन गर्न लागेको हो ।









