नेपाल कफी व्यवसायी महासंघले आयोजना गरेको ४ दिने राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी २०८० असार २ गतेदेखी ५ गतेसम्म चलेको थियो । ४ दिन सम्म चलेको सम्मेलन तथा प्रदर्शनीले नेपाली कफीको स्वदेशी प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने आयोजक पक्षको विश्वास छ । समापन समारोहलाई मुख्य सम्बोधन कृषि तथा पशुपक्षी मन्त्री वेदुराम भुसालले गरेका छन् । मेलामा विभिन्न जिल्लामा उत्पादन भएका कफी, कफी व्यवसायी, कफीको क्षेत्रमा उपलब्ध प्रविधि बिक्री एवं प्रदर्शनी तथा प्रतिष्पर्धात्मक गतिविधिहरू सञ्चालन गरिएको थियो । समापनको अवसर पारेर कफीको प्रवर्द्धन एवं उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने व्यवसायी एवं संघसंस्थाहरूलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । राष्ट्रिय कफी सम्मेलन तथा प्रर्दशनी २०८० नेपालको कफी वृद्धिलाई बढावा दिने, नेपाली कफीको अन्तर्राष्ट्रिय मान्यतालाई बलियो बनाउने र आन्तरिक एवं वाहयबजार प्रर्वद्धन गर्ने, कफी उत्पादक क्षेत्रहरुमा आर्थिक विकास र सामाजिक उत्थानका लागि अवसरहरु सिर्जना गर्ने परिवर्तनकारी कार्यक्रम हुने र यसले ज्ञान–साझेदारी, सहयोग र नवीनताको लागि अवसरहरु सिर्जना गर्नेछ, र अन्ततः संलग्न सबै सरोकारवालाहरुलाई फाइदा पुरयाउनेछ भन्ने बिश्वासका साथ आयोजना गरिएको थियो ।
एग्रो टाइम्सले यस कफी सम्मेलनलाई विशेष महत्व दिएर कभरेज गर्ने प्रयास गरेको थियो, साउन अंक २०८० मा राखिएको यसको कभरेज यो PDF लिँक बाट समेत डाउनलोड गरी पढ्न सक्ने व्यवस्था मिलाइएको छ ।









