
सेन्ट जर्ज स्कुल हाँडिगाउमा बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी ” भन्ने मुल नाराका साथ २०८० लाई आत्मसात गर्दै विद्यालयमा विभिन्न कार्यक्रम गरि गरीएको छ । ।
कार्यक्रममा विद्यालयका प्र. अ. मेघराज बजगाईंले २१ औं शताब्दीमा बालबालिका निकै नै सक्षम र सीपमा प्रखर हुन आबश्यक भएको बताउँदै अधिकारसंगै आफ्नो कर्तव्य पनि बिर्सन नहुने बताए । हाम्रो विद्यालयमा हाम्रा बालबालिका लाई “गर र सिक” भन्ने मुल मन्त्रका साथ हरेक क्रियाकलापमा सरिक गराउने गरेको र बालबालिकालाई आफ्ना अभिभावक , गुरुवर्ग र मान्यजन सबैलाई आदर गर्न , साना लाई माया गर्न, समाजसेवामा लाग्न प्रेरणा दिने गरिएको कुरा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले बताए । विद्यार्थीहरुलाई बालबालिका र बाल दिवसको महत्त्व बुझाउँदै शिक्षिका उर्मिला काफ्लेले आफ्नो भनाइ राखिन् ।
कार्यक्रम मा बालबालिकाले नृत्य , गित कविता, राइम्स आदि प्रस्तुत गरे भने विद्यालयको तर्फबाट बालबालिकालाई उपहार वितरण गरिनु का साथै केक समेत वितरण गरिएको थियो ।हरेक बर्ष विद्यालयले यस्तै कार्यक्रम गर्ने गरेको छ। कार्यक्रममा अतिथिको रुपमा नर्थ स्टार स्कुलका अध्यक्ष श्याम कुमार घिमिरेको उपस्थिति रहेको थियो ।