सुपर कृषक एप बालीमा लागेको रोग, कीरा, लगायत मल र पानीको कमी बारे पत्ता लगाई कृषकलाई समाधान उपाय दिने अभिप्राय सहित सुरुवात गरिएको हो ।
तपाइको बालीनालीलाई रोग किराले सताएको खण्डमा समाधानका लागि कहाँ धाउनु हुन्छ? एग्रो भेटहरूबाट पाउनु भएको परामर्श र विषादीहरू कति को प्रभावकारी हुन्छन्? के तपाइलाई विभिन्न कृषि कार्यहरू गर्नु पर्ने वास्तविक समयबारे जानकारी छ? के तपाईंले हरेक दिन सल्लाह र सुझावका लागि कृषि
प्राविधिकलाई भेट्न सक्नुहुन्छ? के तपाइलाई आफ्नो जमिनको उर्वरा शक्ति र सिँचाइको अवस्था बारे भरपुर ज्ञान छ? परम्परागत खेती प्रणालीले जरो गाडेको हाम्रो देशमा माथि उल्लिखित सुविधाहरू सहजै पाउनु सायदै सम्भव होला, तर यीनै समस्यालाई मध्यनजर गर्दै सुपर कृषक एपले विगत डेढ बर्षदेखि नवीनतम प्रविधिको माध्यमबाट साना किसान, व्यावसायिक कृषक, कृषिका विद्यार्थी, कृषि उद्दमी लगायत कृषि अनुसन्धान कर्ता र प्राविधिकहरू लाई कृषि कार्यमा सहजिकरण, समस्याको समाधान र ज्ञानको वृद्धि गर्ने उद्देश्य बोकेर
देश भरमा सेवा प्रवाह गर्दै आइरहेको छ ।
नेपाली भाषा प्रयोग भएकोले यस डिजिटल एपलाई किसानहरूले सजिलै सङ्ग प्रयोग गर्न सक्छन् । घाम पावर नेपालले विकास गरिरहेको यो एपले आज सम्म १०,००० भन्दा बढि कृषि सरोकारवालाहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ र विभिन्न नयाँ सुविधाको आगमन संगै सेवा प्रवाहको दायरा फराकिलो बनाउँदै गइरहेको छ। त्यसै गरि सुपर कृषक एपले भर्खरै मात्र ल्याएको, आफ्नो नाम जस्तै सुपर सुविधाहरु हुन् “कृषि चिना” र “कृषि डाक्टर”। यो लगायत एपमा अरु थुप्रै सुविधाहरु ल्याएको छ ।
यो लगायत सुपर कृषक एप प्रयोगकर्ताले विविध उपयोगी सेवा पनि एप मार्फत लिन सक्नुहुन्छ
सुपर कृषक एपमा भएका सुविधाको बृस्तृत जानकारी:
– Krishi Doctor (कृषि डाक्टर): सुपर कृषक एपमा AI मा आधारित यस सुविधाले ५० भन्दा बढी बालीहरूको ७०० भन्दा बढी रोग कीरा साथै खाद्य तत्वको कमीको पहिँचान गरी किसानलाई परामर्श दिन्छ।
– Krishi China (कृषि चिना): खेतबारीमा रहेको बालीको भू-उपग्रह बाट फोटो खिची, सो ठाउँमा हाल्नु पर्ने मल र पानीको मात्राको सगसगै बाली स्वास्थ्य र व्यवस्थापन विधिको समेत परामर्श पाउन सकिन्छ ।
– Jachaun (जाचौँ): देश भरीको बिभिन्न स्थानमा रहेको खेतबारीको माटो परीक्षण गरि माटोमा पाइने ११ विविध तत्वको अवस्था र रोप्न उपयुक्त हुने बाली र मल चयन गर्नको लागि सुझाव पनि पाउन सकिन्छ ।
– Measurement (नापौँ): जग्गा नाप्दा प्रयोग हुने बिभिन्न इकाईहरु एक आपसमा परिवर्तन गरी मललगायत कुन बाली कति घनत्वमा रोप्ने भन्ने सम्बन्धि विविध जानकारी किसानले यो सेवा चलाएर पाउन सकिन्छ ।
– Agri quiz (खेलौँ): हरेक दिन कृषि विषेश सामान्य ज्ञानका प्रश्नहरू राखि प्रथम हुने प्रतियोगीलाई हरेक हप्ता पुरस्कार समेत प्राप्त गर्न सकिन्छ ।
– ChatBot: अनलाइनको साथी जसले हरेक दिनको मौसम, कृषि उपजको बजार मूल्य, बालीहरूको खेती प्रविधि र विभिन्न सरकारी सूचनाहरूको बारेमा किसानलाई जानकारी प्रदान गर्दछ ।
– Virtual Training (सिकौं): अनलाइन माध्यमबाट आधिकारिक व्यक्तिद्वारा करिब ५० भन्दा बढि कृषि सम्बन्धित विषयहरू (जस्तै नवीनतम कृषि प्रविधि, रोग किरा नियन्त्रण, जैविक खेती आदि) को बारेमा तालिम लिएर र सोही तालिमको प्रमाणपत्र पनि प्राप्त गर्न सकिन्छ।
– Agri-Media (पढौँ): करिब १००० भन्दा बढि कृषि सम्बन्धित पढ्ने, सुन्ने र हेर्ने समय सापेक्षिक सामाग्रीहरू रहेका छन् जसको माध्यम बाट क्रिसानहरु सुचनाको पहुँचमा जोडिन सक्नुहुन्छ।
-Farmers’ Community (कृषि संजाल): यस मार्फत एप प्रयोगकर्ताहरूले आफ्नो कृषिमा आइपरेका समस्या फोटोको माध्यम बाट पोस्ट गरि दक्ष तथा अनुभवी व्यक्तिहरूबाट सरसल्लाह सुझाव लिन सक्नुहुन्छ तथा प्राविधिक संग दोहोरो वार्तालाप पनि गर्न सक्नुहुन्छ साथै आफ्नो ठाउँको कृषि परिवेश बारे
अरु किसान साथीहरुलाई जानकारी पनि दिन सक्नुहुन्छ ।
-किसानको दैनिकी संग जोडिन डिजिटल माध्यमबाट समाधान गर्न सकिने कृषि पद्दतिका केहिँ अंशहरु सुपर कृषक एपले निरन्तर बिकास गर्दै अझ सहज बनाउने कार्यमा सहजीकरण गर्नेछ। यो एपमा हाल सम्म उपलब्ध सबै सेवा सुविधा किसानले निशुल्क उपयोग गर्न सक्नुहुन्छ ।
हाललाई सुपर कृषक एप एन्ड्रोइड प्रयोग कर्तालाई मात्र उपलब्ध छ । एन्ड्रोइड प्रयोगकर्ताले Playstore मा गएर Super Krishak भनेर खोजेर एप डाउनलोड गर्न सक्नुहुन्छ वा यो link मार्फत पनि सिधैं एप डाउनलोड
गर्न सक्नुहुन्छ ।
Link: https://play.google.com/store/apps/details?id=com.krishakapp
थप जानकारी:
सुपर कृषक समूह
Email: [email protected]
Contact Number: 9802300745
जानकारी मुलक भिडियो लिँक