चर्चित

नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि. बिच भएको सम्झौता अनुसार प्रत्येक शनिबार काठमाडौंको दरबार मार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्रि वितरण गर्न आयोजना गरिएको हाट बजारमा नेपाल डेरी एसोसिएशनको सहयोगमा प्रत्यक्ष ठेकीमा मोही तुल्याई निःशुल्क महि खुवाउने कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी राज्यमन्त्री सुशीला श्रीपालीले आफैं प्रत्येक्ष मोही तुलाउँदै आफ्नो पुरानो अनुभव शेयर गरेको र
र धेरै वर्षपछि यसरी प्रत्येक मोही तुल्याउन पाउँदा अत्यन्तै खुशी लागेको कुरा बताइन् ।

हरेक शनिवार बिहान ६ बजेबाट १२ बजेसम्म यो कार्यक्रम हुने र उपस्थित सवैलाई निशुल्क मोही सेवन गराउने कार्य नेपाल डेरी एसोसिएसनले गर्ने गरेको कुरा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले बताए । कार्यक्रम अत्यन्तै आकर्षक र सबैको नजरमा पर्ने गरेको कुरा उपस्थित दर्शकले बताए । यस्तो किसिमको कार्यक्रमले हाम्रो पुराना मौलिक परम्परा जोगाउन सहयोग पुग्नुको साथै सबैले बुझ्न र सिक्न पाउने अवसर हुने गर्छ ।

दुई तीन वर्ष अगाडिबाट यो मोही सेवन अभियान शुरु गरेका नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल अहिले सबैको धन्यवादको पात्र बनेका छन् । उनलाई अहिले मोही सेवनका अभियान कर्ताको नामले समेत चिनिन थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय