
ए.बि. प्यालेट फिडले चितवनको राप्ती नगरपालिका आसपासका किसानलाई लक्षित गर्दै पशुपालन सम्बन्धी २ दिने तालिम सम्पन्न गरेको छ । सहिद बलराम दुग्ध उत्पादक सहकारी संस्था र एबी प्यालेट फिड प्रा.लिको सयुक्त आयोजनामा तालिम सम्पन्न गरिएको हो । तालिमको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष किशोर बगालेले उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका बगालेले आधुनिक प्रबिधिको प्रयोग गरेर पशुपालन ब्यबसाय गर्नुपर्ने बताए । ‘हामी पुरानैशैलिमा पशुपालन गर्दै आएका छौं, संस्थाका अध्यक्ष बगालेले भने ‘लागत घटाउन हाम्रो ध्यान जानू पर्छ,त्यसका लागि नयाँ र आधुनिक प्रबिधी अबलम्बन गर्नुपर्छ’ ।
जिल्ला अध्यक्ष बगालेले पशुपालन गर्ने किसानले तीनै तहको सरकार आवश्यक सहयोग पाउन नसकेको बताए । सहिद बलराम दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष छविलाल भुषालले जीवनभर पशुपालन गरे पनि धेरै कुराको जानकारी नहुने हुँदा तालिम प्रदान गरिएको बताए । नयाँ प्रबिधि, उन्नत जात, रोग, आहार लगायतकाबारे जानकारी गराउने उदेश्यले तालिम दिइएको उनले बताए । पहिलो दिन राप्ती नगरपालिका पशुपंक्षी विकास शाखा प्रमुख शैलेन्द्र भण्डारीले स्थानीय सहकारी ऐनको बारे जानकारी गराएका थिए ।
किसानका संख्या धेरै भएकाले दुई चरणमा तालिम संचालन गरिएको संस्थाका ब्यबस्थापक खुदयराज पन्तले बताए । सहिद बलराम दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष छविलाल भुषालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कार्यक्रममा प्रतिशक्ष डा .उमेश मन्डलले किसान्हरु लाई अहिले पशुपन्छीमा देखिएकाे लम्पीस्किन रोगका कारण कृषकले धेरै क्षति बेहाेर्नुपर्दा पशुपालन क्षेत्रमा असर परेको बताए । उनले आफ्ना पशु चौपायालाई रोग लाग्नबाट बचाउ कृषकहरू नै सजग हुनुपर्ने बताएका छन् । डा .मन्डलले किसान्हरु लाई पशुपालन गर्दा, गोठ को प्रकार र बनावट गोठको अवस्थिति, मलमूत्रको व्यवस्थापन जानकारी गराएका थिए ।
उनले हालसालै मात्र ठूलो समस्याका रूपमा देखा परेको लम्पी स्किन, वाझेपन थुनेले , रोगलगायत विभिन्न रोग र उपचार पद्धतिका बारेमा कृषकलाई जानकारी गराएका थिए । कार्यक्रम सहभागी कृषकहरूले दानाको गुणस्तरबारे प्रश्न राखेका थिए । जसको जवाफ दिँदै प्रालिका कार्यकारी निर्देशक सञ्जेलले गुणस्तरीयताको निरन्तरता नै कम्पनीको पहिलो प्राथामिकता रहेको बताएका थिए कार्यक्रममा बोल्दै एबी प्यालेट प्रालिका कार्यकारी निर्देशक पिताम्बर सञ्जेलले सरकारले निर्धारण गरेको दाना उत्पादनसम्बन्धी मापदण्ड पूरा गरेर कम्पनीले दाना उत्पादन गरिरहेको बताउँदै एबी प्यालेट फिड्सद्वारा उत्पादित सुपर प्यालेट दाना ढुक्क भएर प्रयोग गर्न कृषकलाई आग्रह गरेका छन् ।
२ दिनको कार्यक्रमा ४२० जनाको किसानहरुको सहभागिता रहेको थियो ।। एबी फिड्स प्रालिका प्राविधिक तथा बजार प्रतिनिधि दिपेश लामिछानेले यसै कम्पनिको मुख्य विषयमा सुपर दाना गुणस्तर कायम हुने र यस कम्पनीको स्थापना र कामको हिसाबले बिगत करिब चार दशक काम गर्दै आएको हुदा दानाको गुणस्तर कुनै पनि नघटने प्रतिबद्धता गरेका छन । साथै किसान पाल्दै आएको पशुको विभिन्न जातका बारेमा जानकारी गरेका थिए । यस कम्पनीका प्राविधिक बुद्धिमान कार्की ले पनि आफ्न भनाइ हरु राखेका थिए । तालिम लिने सबैलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।