चर्चित

डा. टेक बहादुर गुरुङ

नेपालमा रेन्बोट्राउट माछा पालन प्रविधि विकास भएको छ । नेपालका बिभिन्न उचाईमा अवस्थित क्षेत्रहरुमा चिसोपानीको पर्याप्त उपलब्धतालाई ध्यानमा राख्दा आगामी दिनहरुमा चिसोपानीमा फस्टाउन सक्ने थप माछाहरुको प्रविधि विकास गर्न अपरिहार्य छ । नेपालमा चिसोपानीमा माछापालनसम्बन्धी प्रविधि विकासले पहाड र हिमाली भेगका भिरपाखोमा समेत मत्स्य उत्पादन बृद्धि गर्न सकिने भएको छ । यस प्रविधिको बिस्तारबाट थप रोजगारी, आय आर्जन र उच्च मुल्यका खाद्य उत्पादन हुन सक्ने देखिएको छ ।

बिजुली र सडक पुगेका स्थानमा चिसोपानीको उपयोगबाट ट्राउट माछा उत्पादन हुने धेरै संभावना रहेकोले भौगोलिक बनौट अनुसारका त्यस्तो थलोमा ट्राउट माछाको व्यवसायिक उत्पादन गर्न सक्ने प्रशस्त संभावना रहेको छ । हाल चिसोपानीमा मत्स्य पालनका लागि रेन्बोट्राउट माछामा मात्र अनुसन्धान भई प्रविधि तयार गरिएको छ । तर चिसोपानीको मत्स्य पालनलाई टेवा दिन रेन्बोट्राउट जातको माछालाई मात्रै दृष्टिगत गरि आर्थिक लगानीको कार्यकमलाई अगाडि बढांउदा बढी चुनौतीहरुको सामना गर्नु पर्ने भएकोले चिसोपानीमा पालन गर्न सकिने गुण भएका माछाहरु उत्पादनका प्रविधिको पनि विकास हुनसके किसानमा चुनौतीको सामना गर्ने शक्ति र क्षमताको विकास हुनेछ, जुन जरुरी देखिन्छ ।

लेखक डा. गुरुङ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का पुर्व कार्यकारी निर्देशक हुन् भने उनले नेपालमा रेन्बो ट्राउट माछाको विस्तार र प्रसारमा अनुसन्धान समेत गर्दै यसको व्यवसायिकरणमा समेत योगदान दिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय