

केन्द्रिय दुग्ध सहकारीका बरिस्ठ उपाध्यक्ष कृष्ण सापकोटाले दुग्ध क्षेत्रको यो कठिन समयमा सबै मिलि समस्या हल गर्नु पर्ने र दशैको मुखमा तत्काल किसानको भुक्तानी गर्न सबै उद्योगीलाई आग्रह गरे भने महासचिव राम आचार्यले सबैलाई शुभकामना दिंदै किसानले दु:ख गरेर उत्पादन गरेको दुध सडकमा फाल्न नपरोस् । अन्यथा आउँदा दिनमा किसानले पशुपालन गर्न छोडेपछि फेरि उद्योगीले नै दुध नपाउने दिन आउन सक्ने संकेत गर्दै सबैलाई बेलैमा सहज हुन आग्रह गरे ।