कृषि क्षेत्रलाई आवश्यक पर्ने बिउविजन लगायत विभिन्न एग्रोभेटको माध्यमबाट किसानलाई सेवा र सहकार्य गर्दै आएको नख्खु सिडको टोलि यतिबोला जाजरकोट भुकम्प प्रभावित क्षेत्रमा छ । जाजरकोट र रुकुम पश्चिममा भएको भौतिक तथा मानविय क्षतिमा सहयोग पुगोस भनि भूकम्प पीडितहरुका लागि नख्खु सिडले राहत वितरण गरेर फर्केको छ ।
नख्खु सिडले भुकम्प प्रभावित क्षेत्र आठबिसकोटमा पुगेर दुई लाख बढी बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो । आठबिसकोट नगरपालिकाको कार्यालयमा पुगि उनिहरुले दाल, चामल, तेल लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको हो । जाजरकोट र रुकुम पश्चिमको भुकम्प प्रभावित क्षेत्रमा पुगेर सिडले उक्त सामग्री हस्तान्तरण गरेको थियो ।









