चर्चित

गल्याङ नगरपालिका ८ करादी, स्याङजाका गणेश अधिकारीले मौरीपालन र विभिन्न प्रकारका जडिबुटीको उत्पादन र प्रवद्र्धन गर्दै स्वदेशमै सम्भावना खोजीरहेका छन् ।

नेपालमै सम्भावना देखेर उनले विभिन्न आयमूलक पेशा अंगालेका हुन् । परिवारसँगै बसेर, आफ्नै घरको खाना खाएर मेहनत गर्न सकेमा आम्दानी संतोषजनक नै रहेको बताउने अधिकारीले स्वदेशमै आफ्नो मालिक आँफै बनेर काम गर्न पाउँदाको आनन्द बेग्लै भएको महसुस गर्छन् ।

कामबाट बचेको समयमा सामाजिक काम पनि गर्न भ्याउने उनले लगानी गर्न भने डराउनु भएन, आम्दानी राम्रै हुन्छ भन्ने सुझाँउछन् । इच्छालक्ष्मी एग्रो प्रोडक्ट्स एण्ड अर्गानिक कृषि फार्म तथा जय गणेश मौरी श्रोत केन्द्रका समेत संचालक अधिकारी २०७१ सालदेखी निरन्तर रुपमा मौरीपालन तथा जडिबुटीको उत्पादनमा लागिरहेका छन् ।

प्राकृतिकजन्य वस्तु र यसबाट बनेका औषधिको माग बढेसँगै जडिबुटीको व्यापार व्यवसायको प्रचुर सम्भावना छ । नेपालले जडिबुटी निर्यात प्रवद्र्धन गर्ने नीतिका साथ खेती विस्तार, अध्ययन अनुसन्धानमा प्राथमिकता दिने तथा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण सिर्जना गरिदिने हो भने जडिबुटी निर्यात बढाउन सकिने र जडिबुटीबाटै मुलुकको आर्थिक समृद्धि हुने समेत यसका जानकारहरुले औँल्याउदै गर्दा यसरी युवाहरुले जडिबुटीको उत्पादन र प्रशोधनमा लागिरहेको कार्य सरानीय रहेको छ । ५०० भन्दा बढि प्रकारका जडिबुटीहरुको खोजी गर्दै यसको उत्पादन र प्रवदद्र्धनमै लागिरहेका छन् उनी ।

कृषि उपजमा परनिर्भरता र व्यापारघाटामा वृद्धि, आयात–निर्यात असन्तुलन, खेतीयोग्य जमिन बाँझो रहने क्रम बढ्दै गरेको यो सयममा युवाहरु यसरी कृषिमा होमिनु सकारात्मक रुपमा लिन सकिन्छ । यसरी स्वदेशमै सम्भावना खोजीरहेका गल्याङ नगरपालिका ८ करादी, स्याङजाका गणेश अधिकारीलाई हाम्रो पनि शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय