डा. लक्ष्मण पोखरेल
उप–निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड
आयातित कफीले स्थानीय कफीको बजार बिगारिरहेका छन् । आयातित कफीलाई नेपाली कफी भनेर ब्रान्डिङ गरी बजारमा ल्याउने प्रवृत्तिका कारण कफी उत्पादकले उचित मूल्य पाउन कठिन भएको छ, हाम्रो देशका कफी पारखी उपभोक्तालाई समेत कफीको गुणस्तर र उपभोगमा केन्द्रित गराँउदै नेपाली ब्राण्डको कफीलाई हरेक कफी स्टेशन वा कफी पसलले छुट्टै राख्नुपर्ने र कफी व्यवसायीहरुले यसको बारेमा सहि जानकारी गराउनुपर्छ ।
नेपालबाट कफी बिदेश निर्यात भैरहेको छ, यसको मात्रा बढाँउन सके अझै सम्भावना तिव्र छ
हरेक कफीमा संलग्न व्यवसायीले इमान्दारीपुर्वक नेपाली कफीलाई प्रवद्र्धन गर्ने हो भने स्वदेशमै नेपाली कफीको अत्यधिक खपत हुनुकासाथै नेपालमा रहेका विभिन्न कफीसँग सम्बन्धित सप तथा क्याफेलाई नेपाली कफीको ब्राण्डिङको लागि पनि अगाडी बढ्नुपर्छ । नेपाल कफीका लागि उपयुक्त ठाउँ हुनुका साथै यहाँ कफीको पनि बजार राम्रो छ । अर्गानीक र गुणस्तरीय कफी उत्पादन गर्दै विदेश निर्यात गर्न सके कफी व्यवसायले नेपालको समृद्धीमा महत्वपूर्ण भूमिका खेल्छ ।
हाल टुक्रे–टुक्रे सानो क्षेत्रमा भईरहेको कफी खेतीलाई क्षेत्र विस्तार गर्नु आवश्यक छ
नेपालबाट कफी बिदेश निर्यात भैरहेको छ, यसको मात्रा बढाँउन सके अझै सम्भावना तिव्र छ । नेपालका विभिन्न व्यवसायीक रुपमा कफी उत्पादन भइरहेको छ, हाल टुक्रे–टुक्रे सानो क्षेत्रमा भईरहेको कफी खेतीलाई क्षेत्र विस्तार गर्नु आवश्यक छ । नेपालको वनको क्षेत्र विस्तार वनमा कफी लगाउँदा वन नमासिने बरु छहारीको मात्रा समेत प्रयोग हुने भएकाले वन क्षेत्रमा कफी लगाउन दिने नीति ल्याउनुपर्छ ।










