चर्चित

च्याउ प्रवद्र्धनका लागि, च्याउ उत्पादक किसान संघ नेपाल र व्यवसायिक किट विकास केन्द्र हरिहरभवन ललितपुरको संयुक्त आयोजनामा यहि पौष १५ गते ललितपुरको जावलाखेल खेलमैदानमा राष्ट्रिय च्याउ मेला तथा च्याउ परिकार महोत्सव २०८० हुन लागेको छ । च्याउ किसानहरुको जागरुपता, ब्यवसायिक उत्पादनद्धारा आत्मनिर्भरता भन्ने नाराका साथ हुन लागेको एक दिने च्याउ मेला तथा परिकार महोत्सबमा सबैलाई उपस्थितिको लागि च्याउ उत्पादक किसान संघ नेपाल अनुरोध समेत गरेको छ ।

राष्ट्रिय च्याउ मेला तथा च्याउ परिकार महोत्सव २०८० का आकर्षणहरु :
-३० वटा भन्दा बढी स्टलहरुमा च्याउ सम्बन्धि बिभिन्न बिषयहरुमा प्रर्दशनी ।
-च्याउका बिभिन्न परिकारहरुको उपलब्धता तथा प्रर्दशनी ।
-गाब्रे, कन्ये, किङ ओएस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक तथा प्रयोगात्मक प्रर्दशनी ।
-बिभिन्न स्टलहरुमा भिन्न भिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक बस्तुहरुको प्रर्दशनी ।
-राष्ट्रिय कलाकारहरुको उपस्थितीमा विशेष साँस्कृतिक कार्यक्रम ।
-विभिन्न प्रकारका च्याउका विभिन्न परिकारहरु समेत निशुल्क चाख्ने व्यवस्था ।
-निःशुल्क रुपमा प्राथमिक स्वास्थ्य उपचारको ब्यवस्था समेत गरिएको छ ।

राष्ट्रिय च्याउ मेला तथा च्याउ परिकार महोत्सव २०८० सम्बन्धि थप जानकारीहरु
-च्याउ परिकार महोत्सव हुने मिती : २०८० साल पौष १५ गते ।
-च्याउ परिकार महोत्सव हुने समय : बिहान १०.०० बजे देखि बेलुका ५.०० बजे सम्म ।
-च्याउ परिकार महोत्सव हुने स्थान : जावलाखेल फुटबल मैदान, जावलाखेल, ललितपुर ।

आयोजक
च्याउ उत्पादक किसान संघ नेपाल

सहकार्य
व्यवसायिक किट विकास केन्द्र हरिहरभवन ललितपुर ।

च्याउ किसानहरुको जागरुपता, ब्यवसायिक उत्पादनद्धारा आत्मनिर्भरता
च्याउ खाऔँ, स्वस्थ रहौँ ।

राष्ट्रिय च्याउ दिवस तथा च्याउ परिकार महोत्सव २०८०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय