
नेपाल डेरी एसोसिएसनकोे रजत जयन्ती एवं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रम नेपाल डेरी एसोसिएसनको रजत जयन्ती एवं वार्षिक साधारणसभा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व एवं कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.रेवती रमण पौडेलको प्रमूख आतिथ्यतामा काठमाडौंको लैनचौर स्थित मल्ल होटलमा सम्पन्न भएको हो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघ, वस्तुगत संघका उपाध्यक्ष हेमराज ढकालरहनु भएको थियो भने अतिथिहरुमा कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादव राष्ट्रिय दुग्ध विकास वोर्ड, सहसचिव डा. सुर्य पौडेल कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, महानिर्देशक डा. उमेश दाहाल पशुसेवा विभाग, महानिर्देशक मतिना जोशी बैद्य खाद्य प्रविधि तथा नियन्त्रण विभाग र सभापती डि.बि बस्नेत कृषि उद्यम केन्द्र रहेका थिए । अन्य अतिथिहरुमा विभिन्न संघसंस्था, नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान एवं पूर्व पदाधिकारीहरु, सदस्यहरु लगायत अन्य संघसंस्थाहरुबाट बाक्लो उपस्थिति सहित डेरी उद्योगीहरु, दुग्ध उत्पादक किसान, सञ्चारकर्मी लगायत करिव २०० जनाभन्दा बढिको उपस्थिति रहेको थियो ।