चर्चित

प्यूठानमा व्यावसायिक रुपमा अम्बा र ड्रागन फ्रुट खेती गरिएको छ । जिल्लाको सरुमारानी गाउँपालिका–२ दर्भानमा खेती गरिएको हो । तीन व्यक्तिका साझेदारीमा हाम्रो बहुउद्देश्यीय कृषि फार्ममार्फत गत २०७६ असारदेखि खेती शुरुआत गरिएको हो । दर्भानका केशरबहादुर गुरुङ, दाङका हीरामणि पौडेल र रुपन्देहीका खुमानन्द भुसालले संयुक्त साझेदारीमा खेती गर्दै आएका हुन् । दर्भानसँगै राप्ती गाउँपालिका– ¬२ बराखुट्टीमा पनि अम्बा र ड्रागन फ्रुटको खेती गरिएको छ । दर्भानमा ७०० र बराखुट्टीमा ६०० गरी एक हजार ३०० अम्बाको बोट लगाएको सञ्चालक केशरबहादुरले जानकारी दिए । ती दुवै ठाउँमा गरी एक हजार २०० ड्रागन फ्रुटको खेती गरिएको छ । तामिलनाडुबाट बोटको रु २०० मा खरीद गरी ताइवान पिङ्क र ताइवान ह्वाइट गरी दुई जातको अम्बाको बिरुवा लगाइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय