
नेपालको सबैभन्दा ठूलो कृषि प्रदर्शनी मेला, छैठौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्सपो, भृकुटीमण्डप काठमाडौँमा मुक्तिनाथ कृषि कम्पनीले स्पेनको Sustainable Agro Solutions (SAS) संग सहकार्य गरि सम्माननिय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल संगै मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सीताराम काफ्ले र प्रबन्ध निर्देशक भरत राज ढकालद्वारा “FORCROP” नामक जैविक मल तथा उत्सर्जकलाई नेपाली बजारमा सार्वजनिक गरेको छ। वर्तमान अवस्थामा बालीको उत्पादकत्व वृद्धिका लागि उचित मल तथा उत्सर्जकको अभाव देखिएसंगै बालीको उत्पादकत्व वृद्धि हुन नसक्दा कृषकहरुले भोग्नु परेको समस्याहरु पूर्तिका निम्ति बालीको सम्पूर्ण वृद्धि अवस्था (बनस्पति विकास,फुल फुल्ने र फल लाग्ने ) चरणमा आवश्यक पर्ने पोषक तथा सुक्ष्म पोषक तत्वहरु भएको जैविक मल तथा उत्सर्जकले समग्र कृषि उत्पादकत्व वृद्धिमा टेवा पुर्याउने कम्पनीले लक्ष लिगेको छ।
“कृषकसंग मुक्तिनाथ” र “उपभोक्तासंग मुक्तिनाथ” अभियानद्वारा “संस्थागत मूल्य शृंखला व्यवस्थापन मार्फत कृषि चक्रको निर्माण” गर्दै नेपालको कृषि अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले वि.सं २०७५ सालमा स्थापना भएको कृषि कम्पनीले विगत ५ वर्ष देखि कृषकहरुमा आफ्नो अभिमुखीकरण, प्रविधि प्रसार साथै उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक साधन तथा सेवाहरु आफ्ना व्यवसायिक साझेदारहरु मार्फत देशको ६९ भन्दा बढी जिल्लाहरुमा पुर्याउँदै आइरहेको छ। वर्तमान देशको जनशक्ति विदेशिने अवस्था हेर्दै गर्दा कम्पनीले देशको कृषि क्षेत्रमा आशा बोकेर हिड्नु भएका कृषकहरु साथै देशका कर्णधारहरुलाई लक्षित गर्दै कृषि सम्बन्धि प्रविधि हस्तान्तरण गरि थप आवश्यक वस्तु तथा सेवाहरु उपलब्ध गराई देशको कृषि सम्बृद्धिमा योगदान गर्ने प्रतिबद्धता राखेको छ ।