
हेटौडाका युवा ब्यबसायी फेञ्चु लामा सृजनशील कृषक सम्मान २०८० बाट भएका छन् । हेटौडा उपमहानगरपालिकाको ५५ औं नगर स्थापना दिवसको अवसरमा लामालाई सम्मान गरेको हो। युवाहरु बिदेसिने क्रम बढिरहेको हालको अबस्थामा कृषी कर्म मार्फत सफल किसान बनेर युवाहरुको लागि प्रेरणाको स्रोत बन्न सफल भएकोमा उनलाई यो सम्मान गरिएको हो ।
युवा स्वरोजगार मार्फत मुलुक मै केहि गर्न सकिन्छ भन्ने आँट र साहसका साथ हेटौडामा एम.एन.एस. एग्रो प्रा.लि. स्थापना गरी व्यावसायिक रुपमा ड्रागन फ्रूट, मेवा, खरबुजा, एभोकाडो लगायतका फलफूल, सयपत्री फूल, तरकारी खेती, नर्सरी र बाख्रापालन गरी सफल उद्यमीका रुपमा समस्त युवाहरुका लागि प्रेरणाको श्रोत बन्न सफल बनिरहेका फेन्चुलाई एक औपचारिक कार्यक्रम बिच सम्मान गरीएको थियो । नगरपालिकाले आफ्नो कामको उचित मुल्याकंन गरी आफुलाई सम्मान गरेकोमा खुशी ब्यक्त गदै फेन्चुलेआफुलाई थप जिम्मेबारीका साथ कृषी कर्ममा लाग्न प्रेरणा दिएको बताए।